Posts

Showing posts from January, 2018

दुवै मिर्गौला फेर्नुपर्ने भएपछि सहयोगको याचना, शेयर गरेर भएपनी सहयोग गरौ !!

Image
माघ २, २०७४ उदयपुर : पतिको दुवै मिर्गौला काम नलाग्ने भएपछि उपचारका लागि आर्थिक सहयोगको जुटाउन पत्नी हार गुहार मागिरहेकी छन। स्थायी घर खोटाङ जिल्लाको छितापोखरी भई हाल उदयपुरको त्रियुगा नगरपालिका ११ मा बसोवास पति मदन राईको दुवै मिर्गौलामा खरावी देखिएपछि पत्नी पम्फा राईले आर्थिक सहयोग मागेकी हुन्। बिरामी राईको मिगौला नै फेर्नुपर्ने चिकित्सकहरुले जानकारी दिएको पत्नी पम्फाले बताइन्। ‘दुवै मिर्गौला काम नगर्ने भएपछि फेर्नुपर्छ भनेका छन्,’ ‘मिर्गौला फेर्दा २० लाखदेखि ३५ लाखसम्म पर्नसक्ने भनेको भएकाले आर्थिक सहयोगको अपिल गरेको हुँ।’ ठूलो धनराशि आवश्यक पर्छ, जुन मेरो परिवारसँग छैन, गुनासो गर्दै भनिन्, ‘परिवारको आर्थिक अवस्था कमजोर छ, समयमै उपचार हुन नसके ज्यानै खतरामा छ। ४८ वर्षे पतिलाई नयाँ जीवन दिन उनी अहिले विभिन्न संघ संस्थासँग हार गुहार गरिरहेकी छन्। परिवारमा मैले एउटा मिर्गौला दिन खोज्दा नमिल्ने भो, एक बहिनीले पनि दिन खोजेकी थिइन्, त्यो पनि मिलेन। आँखाभरी आँसु झार्दै उनले भनिन्, ‘अब किन्नुपर्छ रे, किन्नको लागि २० लाखदेखि ३५ लाखसम्म पर्छ भनेर डाक्टरहरुले भनेका छन्।’ काठम...

सुत्केरी महिलाले पिडा– तीन दिनसम्म पानीसमेत पिउँन पाइनँ !!

Image
चेपाङ समुदायको अवस्था बुझ्न विकट बस्ती ब्रुसवाङ पुगेको प्रजिअ श्यामप्रसाद भण्डारी, जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाललगायतको टोलीसमक्ष फूलमायाले दुखेसो पोखिन्। गाउँ आएको सरकारी टोलीसमक्ष फूलमायाले दुखेसो सुनाउँदा प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली गम्भीर भयो। फूलमायाले थपिन्, ‘बिरामी भएर पानी बोक्न नसक्दा ११ दिनसम्म मुखमा पानी परेन। छिमेकीलाई पैंचो तिर्छु भनेर पानी ल्याउन भनें। निको भएपछि पेप्सीको बोतलमा पानी ल्याएर पैंचो तिरें।’ यो पीडा फूलमायाको मात्र होइन, दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ को विकट बस्ती ब्रुसवाङका चेपाङ समुदायका ३६ घरको हो। गाउँको अवस्था अवलोकन गरेपछि प्रजिअ नेतृत्वको सरकारी टोली चेपाङ बस्ती सार्न उपयुक्त हुने निष्कर्षमा पुगेको छ। सरकारी टोलीसँगै ब्रुसवाङ आएका गाउँपालिका प्रमुख हरि डल्लाकोटीले भने, ‘खानेपानी ल्याउने विषयमा धेरैपटक कुरा भए। योजना खर्चिलो एवं दिगो व्यवस्थापनमा समस्या आउने देखिएपछि बस्ती स्थानान्तरणको तयारी भइरहेको छ।’ प्रमुख जिल्ला अधिकारी भण्डारीले खर्चिलो खानेपानी योजना सञ्चालन गर्नुभन्दा बस्ती स्थानान्तरण योज...