विर्तामोड घटनाको सनसनिपूर्ण खुलासा, डिएसपी सिलवाल र हत्यारा वीचको कनेक्सन यस्तो रहेछ (पुरा विवरण हेर्नुहोस्)

टीका, जमरा र नयाँ लुगा लगाएर पिङ खेल्न जाने तयारीमा रहेका थिए, झापा अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटी। लक्ष्मणका बुवा बद्रीप्रसाद र आमा अञ्जना शिवाकोटी बिहानैदेखि घरायशी काम व्यस्त थिए।

लक्ष्मण नजिकै रहेको फुपुको घर गए। घरमा छोरो कता गयो भन्ने पिरलोमा अभिभावक परिरहे। दिनभर खोजे अभिभावकले। अहँ, कतै पत्ता लागेन। फुपुको छोरा मनिष थापासँग गएका लक्ष्मण शिवाकोटी अब कहिल्यै फर्किने छैनन्।

तर, लक्ष्मणको हत्यापछि भएका घटनाक्रमले न्याय प्रणाली र सुरक्षा प्रशासनभित्रको गम्भीर चलखेलको पर्दाफास गरेको छ। सुरक्षा निकायका उपल्लो दर्जाका अधिकृत नै लोभलालचमा लिप्त छन् भन्ने कुराको प्रमाण योभन्दा धेरै केही चाहिँदैन।

यसरी भयो हत्या ?

फुपुका छोरा मनिष र लक्ष्मणको उमेर बराबरी नै हो। ११ वर्षका बालकद्वय मनिष र लक्ष्मणलाई दशैंको उल्लासले राम्रैसँग हौस्याएको थियो। यी दुवै बालक अझै खुशी थप्न मनिषलाई उनका बुवाले विदेशबाट पठाइदिएको जुत्ता तथा अन्य सामग्री लिन आफन्त पर्ने सन्तोषकुमार पोखरेलको घरमा पुगे। जसलाई पोखरेल परिवार भनेर चिनिन्छ।

मनिष र लक्ष्मण पोखरेल निवासमा पुगे। खेल्दाखेल्दै समय निकै बित्यो। ‘अर्को बच्चाको खेलौंना खोसेर लक्ष्मणले खेल्न थाले, तानातान भयो,’ एक जना छिमेकी तथा घटनाका प्रत्यक्षदर्शीले शुभदिनसँग भने, ‘सन्तोषकुमार पोखरेल, समीर पोखरेल, सुधीर पोखरेल लगायतले आलोपालो कुट्न थाले।’

घरका बलिष्ठ तन्नेरीहरुले कलिला लक्ष्मणमाथि मुक्का बजार्न थालेपछि उनका साथीहरु पिटाईको डरले भागे। रक्ताम्यै भएका लक्ष्मण भुइँमा ढले।

भुइँमा ढलेपछि पनि लक्ष्मणमाथिको आक्रमण रोकिएन। एकपछि अर्को गर्दै घरका अधिकांश तन्नेरीको लात्ती र मुक्का खाएपछि भुइँमा बजारिएका लक्ष्मणको प्राण पखेरो उडेपछि मात्रै पोखरेल दाजुभाइ झसंग भए।

र, लक्ष्मणको मृत शरीर घरभित्रै लुकाए। नाबालकको हत्या गरेपछि के बस्न सक्थे शान्तपूर्वक। पोखरेल परिवारमा तनाव र बैचनी पैदा भएपछि छिमेकीहरु पनि त्रास र आश्चर्यमा परे।

मध्यरातमा शव फ्याँकियो

लक्ष्मणको मृत्यु बर्बर र संवेदनशिल  तरिकाले भयो। प्रहरी रिपोर्टका अनुसार हत्या अभियुक्तको आक्रमण अत्यन्त पाशविक थियो।

टीका र जमराले पोतिएका निधार लिएर पोखरेल निबासमा आउने कसैलाई थाहा थिएन कि यो घर भर्खरै एउटा नाबालकले रगतले पोतिएको छ भनेर। वास्तविकता त्यस्तै थियो।

दशमीको दिन, टीका लगाउन आउनेको लर्को थियो। दिनभरको रमाइलोका बीच मध्यरातमा रचिएको खुनी खेलले भूइँचालोको रुप धारण गर्ला भनेर पोखरेल परिवारले कल्पना पनि गरेका थिएनन्। र, मध्यरातमा लक्ष्मणको शव करिब दुई–अढाई किलोमिटर टाढा बैसाबारीमा रहेको पोखरीको डिलमा फ्याँकेर पोखरेल दाजुभाइ घर फर्किंए।

एउटा अण्डकोषै थिएन, शरीरभरि निलडाम

लक्ष्मणको मृत्यु बर्बर र संवेदनहीन तरिकाले भयो। प्रहरी रिपोर्टका अनुसार हत्या अभियुक्तको आक्रमण अत्यन्त पाशविक थियो।

पोखरी किनारबाट लक्ष्मणको शव निकाल्दा टाउकोबाट जमी नसकेको र बगि नसकेको रगतको भल बग्यो। ‘टाउकोमा गहिरो चोट थियो, कान काटिएको थियो, एउटा अण्डकोष नै थिएन,’ स्रोतले शुभदिनसँग भन्यो, ‘हात खुट्टा र शरीरभरि चोटैचोट थियो।’

को–को पक्राउ परे ?

हत्याको अभियोगमा पोखरेल परिवारका सन्तोषकुमार पोखरेल, समीर पोखरेल र सुधीर पोखरेल पक्राउ परेका छन्। उनीहरु गत असोज १९ गते पक्राउ परेका हुन्।

तर, राजनीतिक र सुरक्षा निकायमा पहुँच भएका पोखरेल परिवारको यी सदस्यविरुद्ध जाहेरी लिन बिर्तामोड प्रहरी प्रमुख डिएसपी राजकुमार सिलवालले मानेनन्।

‘३५ दिन कटेपछि तीनै जनालाई छोड्ने रणनीतिमा डिएसपी थिए, त्यसबापत राम्रै रकम दिने तयारीमा पोखरेल परिवार थियो,’ स्रोतले शुभदिनसँग भन्यो, ‘हत्यालाई मोड्ने नियतले डिएसपी सिलवालले गम्भीर ढंगले अनुसन्धान नगरेपछि आन्दोलन गर्नुपरेको हो।’

क्लबका कर्मचारीले बिल तिर्न आग्रह गर्दा सिलवालले बार टेन्डरलाई गिलास प्रहार गर्दै पेस्तोल देखाएर तर्साउन खोजेपछि रेष्टुरेन्टका बाउन्सरहरुले कुटेर कमलपोखरी प्रहरी वृत्तको जिम्मा लगाएका थिए।

को हुन् डिएसपी सिलवाल ?

नेपाल प्रहरीका तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्यालका विश्वासपात्र मानिने विवादास्पद डिएसपी राजकुमार सिलवाल करिब दुई वर्षअगाडि काठमाडौंको एक डिस्कोमा बाउन्सरबाट कुटिएका थिए।

वि।सं। २०७२ साल मङ्सिर १५ गते मंगलबार मध्यरातमा काठमाडौंको कमलादीस्थित टाइम्स क्लबमा रक्सीले मातिएर पदीय धम्की दिँदै रेस्टुरेन्टका कर्मचारीमाथि गिलास प्रहार गरेपछि बाउन्सरबाट कुटिएका हुन्। त्यसबेला उनलाई प्रहरी मुख्यालयले निलम्बन गरेको थियो।

टाइम्स क्लब माथिको राजघराना गजल रेष्टुरेन्टमा मदिरा सेवन गरेर अर्धचेत अवस्थामा पाँच जनाको दलबलसहित बिहान पौने एक बजे टाइम्स क्लबमा प्रवेश गरेका उनले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए।

बिहान साढे १ बजे बिल भुक्तानी नगरी हिँड्न खोजेपछि क्लबका कर्मचारीले बिल तिर्न आग्रह गर्दा सिलवालले बार टेन्डरलाई गिलास प्रहार गर्दै पेस्तोल देखाएर तर्साउन खोजेपछि रेष्टुरेन्टका बाउन्सरहरुले कुटेर कमलपोखरी प्रहरी वृत्तको जिम्मा लगाएका थिए।

बाउन्सरहरुको कुटाइबाट गम्भीर घाइते भएका डिएसपी सिलवाललार्ई महानगरीय प्रहरी वृत्त कमलपोखरीको प्रहरी टोलीले राति नै उद्धार गरेर कमलपोखरीको हिमाल हस्पिटलमा पुर्याएको थियो। कुटाइबाट त्यसबेला उनको जिब्रो गिजा क्षतविक्षत भएपछि उनको जिब्रोमा मात्रै आठवटा टाँका लगाउनु परेको थियो।

प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी आचरणविपरीत काम गरेको ठहर गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनलाई निलम्बनको सिफारिस गर्यो।

र, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका तत्कालिन डीआईजी मधुप्रसाद पुडासैनीको संयोजकत्वमा तत्कालीन एसपी विश्वराज पोखरेल र डीएसपी नरेशमान श्रेष्ठ सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको थियो। छानवीन समिति गठन भएसँगै उनलाई निलम्बन गरिएको थियो।

नेपाल प्रहरीका तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्यालको अत्यन्त निकट मानिने डिएसपी सिलवाल त्यसबेला महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा घुमुवा थिए। विवादास्पद छविका उनी महानगरीय प्रहरीको घुमुवाको रवाफ लगाउँदै हरेक दिन उपत्यकाका विभिन्न रेष्टुरेन्ट तथा डिस्कोहरुमा अड्डा जमाएर बस्ने गरेका थिए।

त्यसअघि, २०६५ सालमा ठमेलको फायर डिस्कोमा बिल तिर्न अटेर गरेपछि त्यसबेला पनि उनी बाउन्सरबाट कुटिएका थिए। पटक–पटक विवादमा आइरहने उनलाई तत्कालीन आइजिपी अर्यालको संरक्षण रहेको कारण कारबाहीबाट जोगिँदै आएका छन्।

त्यसबेला बाध्यतावश निलम्बनमा परेका डिएसपी सिलवाललाई तत्कालिन आइजिपी अर्यालले कारबाहीबाट बँचाएर निलम्बन फुकुवा गरेर आफ्नै सचिवालयमा राखेका थिए।

प्रहरीबाट मारिएका नरेशको अन्त्येष्टि

यसैबीच, झापा बिर्तामोडमा शुक्रबार प्रहरीको गोली लागेर ज्यान गुमाएका नरेश थापाको आइतबार अन्त्येष्टि गरिएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी जितेन्द्र बस्नेतका अनुसार कनकाई नदीमा नरेशका अन्त्येष्टि गरिएको हो।

Comments

Popular posts from this blog

आफ्नै भान्जी सँग सेक्स गरेको सत्य कथा......

कती पापी आफ्नै आमालाई पनि छोडेन...

बिहानै म बिउँझदा दिपेश कामनाको पुतीमा लाँडो छिराएर चिक्दै थियो, म पनि उठेर कामनाको छेउमा पुगें अनि कामनाको मुखमा लाँडो छिराइदिएं ।