म्यादीको कमाइले छोरीलाई बोर्डिङ पढाउने विनोदको सपना बमले उडायो


सभास्थलको झन्डै डेढ सय मिटर पर बसपार्क जाने सडकमै म्याद प्रहरी विनोद चौधरी ड्यूटीमा थिए। दिउँसो साढे ३ बजे प्रधानमन्त्री चुनाव सभास्थलमा प्रवेश गर्दा मोटरसाइलकलमा आएका अज्ञात व्यक्तिले उनको छेउमा शंकास्पद वस्तु फालेर भागे। उनीहरूले फालेको त्यो चिज बम रहेछ।

केहीबेरमै ठूलो अावाजमा बम पड्कियो। २३ वर्षीय चौधरीसहित ९ जना घाइते भए। गम्भीर घाइते भएका विनोदको उपचारका क्रममा बुधबार बिहानै साढे २ बजेतिर कोहलपुर मेडिकल कलेजमा मृत्यु भयो।

स्थानीय चुनावका बेला म्यादी प्रहरीमा भर्ना भएका तुलसीपुर- १२का चौधरी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि फेरि भर्ना भएर तुलसीपुरमै खटिएका थिए। घरको जोहो टार्न उनी दोस्रो पटक दोस्रो पटक म्यादी भएका थिए। उनको सपना थियो, बचेको पैसाले कुखुरा फर्म खोल्ने र त्यसको अाम्दानीले छोरीलाई राम्रो बोर्डिङमा पढाउने। अार्थिक अभावका कारण उनी अाफूले भने चाहेजति पढ्न पाएका थिएनन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ क्वाङ्गी निवासी विनोदले व्यवस्थापनबाट कक्षा १२ पास गरे।झन्डै चार वर्ष स्थानीय बोर्डिङ स्कुल र गाउँकै प्रावि स्कुलमा पढाएर १०+२ पुरा गरे पनि बाँकी अध्ययन सँगै घर व्यवहार पनि धान्नु पर्ने भएकाले राप्ती बबई क्याम्पसमा बिबिएस दोस्रो वर्ष पढ्दा पढ्दै पढाई छोडे।

करिब १० किमी दुरी साइकल पेलेर क्याम्पस पढेका उनको अगाडिको शैक्षिक यात्रा पूर्णविराम लाग्योढेड वर्षीय छोरीका बाबु चौधरीले तीन वर्षअघि घोराहीको वन घुस्रीबाट अञ्जनासँग मागि विवाह गरेका थिए।१९ वर्षीया श्रीमतीसहित परिवारको पालन पोषण र छोरीलाई राम्रो शिक्षा दिलाउनु पर्ने बाध्यता विनोदमै थियो। परिवारका झाँइला सन्तान विनोदभन्दा माथिका राँइला दाजु जीतबहादुर चौधरी नेपाली प्रहरीका जागिरे हुन् र कान्छा भाइ अविवाहित छन्।

परिवारमा अलि पढे लेखेका विनोद भएकैले घर परपरिवारको बोझ उनैमा थियो। उनका सात भाइ र एउटी बहिनी छन्। बाबुआमासँग विनोद र तीन भाइ थिए।‘उता बुढा बुआमाको उपचार गर्नु थियो, सानी छोरीलाई राम्रो स्कूलमा पढाउनु थियो र बेरोजगार भाइलाई विदेश पठाउने सपना पनि विनोदमा थियो,’ ३२ वर्षीय दाजु तेजबहादुर चौधरीले सेतोपाटीसँग भने,‘त्यसैले गर्दा पनि विनोद रकमकै जोहो गर्न दोस्रो पटक म्यादीमा भर्ना भएको हो।’

उनका ठूला बुवाका छोरा छवि चौधरीले भने म्यादीबाट आएको पैंसाले घरमै कुखुरा फार्म खोलेर छोरीलाई बोर्डिङमा पढाउँछु भनेरै भर्ना भएको बताए।रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले बम विस्फोटमा परि मृत्यु भएका विनोद चौधरीलाई शहिद घोषणा गराउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन्।बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ क्वाङ्गीस्थित विनोद चौधरीको घर पुगेका चौधरीले पत्रकारसमक्ष यस्तो बाचा गरेका हुन्।

‘विनोदलाई शहिद घोषाणा गर्न र पीडित परिवारले राज्यमार्फत पाउने क्षतिपूर्ति जतिहुन्छ छिटो उपलब्ध गराउन म भूमिका खेल्नेछु,’ नेपाली काँग्रेसको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवार चौधरीले आफूले उक्त सवालमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरिसकेको बताए।

‘क्यावनेट मिटिङ बसेर तत्काल विनोदलाई शहिद घोषणा गर्नुपर्छ र क्षतिपूर्ती वाफतको रकम तत्काल उपलब्ध गराउनुपर्छ भन्ने माग मैले गरेको छु,’ राज्यमन्त्री चौधरीले भने, ‘विनोदको परिवारलाई रोजगारी दिनुपर्छ भन्ने सम्मको कुरा मैले गरेको छु।’

आक्रोशित गाउँलेले विनोदका परिवार भेट्न दिएनन्

विनोदलाई शहिद घोषणा गराउन भूमिका खेल्छु– राज्मन्त्री चौधरी

Comments

Popular posts from this blog

कती पापी आफ्नै आमालाई पनि छोडेन...

बिस बर्षभन्दा बढी अनुभव भएकी आमालाई पाँच-छ महिनादेखि चिक्दा यति पनि नजाने त बरबादै भईहाल्यो नि ?

आफ्नै भान्जी सँग सेक्स गरेको सत्य कथा......